आज कांग्रेसको कार्यसमिति बैठक

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ। यसअघि २१ गतेको लागि डाकिएको बैठक सारिएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!