मन्दिर छोएको भन्दै दलितमाथि सांघातिक आक्रमण

बारा, भदौ २८ । बारमा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो ।

 

स्थानीय गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीर घाईते भएका छन् । उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ ।

 

स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए । त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै बदरीलाई बेस्सरी कुटे । त्यसको विरोध गर्दा बाबा यादव र दीपका यादवको अगुवाईमा आफुहरुमाथि आक्रमण भएको उपचारत उमेदले बताए । नागरिक दैनिकमा खबर छ ।

याे पनि पढ्नुस  कतारमा नेपालीमाथि सा‌ंघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते

कमेन्ट गर्नुहोस्

error: Content is protected !!