ओमानमा भएको सडक दुर्घटनामा एक नेपालीको निधन

मस्कट,भदौ २७ ।वैदेशिक रोजगारीका लागि ओमान पुगेका एक नेपालीको सडक दुर्घटनामा परि निधन भएको छ।

ओमानको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत तनहुँका बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।

भरुभुमिमा रहेका जनावारलाई पानी लिएर गएको ट्याङ्कर पल्टदा घटना स्थलमै उनको ज्यान गएको स्रोतले जानकारी दिएको छ । घटनामा ट्याङकर चालक भने सामान्य घाइते भएका छन्।

दुखुम क्षेत्रस्थित भरुभुमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय रहेका उनी दिवान कोर्टमा २०१४ देखि कार्यरत थिए। उनको शव हाल स्थानीय अस्पतालमा राखिएको छ। शवलाई मस्कटमा ल्याइ आबस्यक कानुनी र कागजी प्रक्रिया पूरा गरि नेपाल पठाउने तयारी भइरहेकोे स्रोतले जााानकारी दिएको छ। दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलाेमिटर टाढा पर्छ।

मृतकको परिवारमा आमा बुवासहित एक श्रीमती र एउटा ४ वर्षीया छोरी छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!