पाँच हजार घूससहित प्रहरीका सई पक्राउ

महोत्तरी, भदौ २७ । महोत्तरीमा घूसरकम सहित एकजना प्रहरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इन्चार्ज सर्इ रामबाबु प्रसाद यादव घूससहित रंगेहात पक्राउ परेका हुन् ।

 

बुधबार उनी सेवाग्राहीसँग ५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।

 

सई यादवले एकजना सेवाग्राहीलाई भारतीय बजारबाट सामान ल्याउने क्रममा सीमामा सहयोग गरिदिन्छु भन्दै रकम माग गरेको रकम लिँदै गर्दा यादव पक्राउ परेको अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिवासले जनाएको छ । सई यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!