नेपाल भर्सेस भारतः नेपालको सय रन पूरा, इनिङ धरापमा ! [अपडेट]

काठमाडौं, भदौ २७ । भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत भारतको यु-१९ ‘बि’ ले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक सय रन पूरा भएको छ ।

 

उसले महत्वपूर्ण आठ विकेट गुमाउँदै एक सय रन पूरा गरेको हो । नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा भने खराब प्रदर्शन गरेको छ । आज पहिलो खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको थियो ।

 

लखनउको एकाना स्टेडियम ‘बि’ मैदानमा जारि खेलमा पहिलो इनिंङमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो ।

 

नेपालको लागि कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट, अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

 

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए। ३८ ओभरको खेल सकिदा नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्र बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!