नेपाल भर्सेस माल्दिभ्सः नेपालको कप्तानी भरत खवासले गर्ने, टोलीमा अरु को-को ? [अपडेट]

काठमाडौं, भदौ २७ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत फाइनल प्रवेशका लागि नेपालले आज माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

 

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार पौने ४ बजेदेखि सुरु हुँदैछ । नेपाली टोलीको सुरुवाति ११ सार्वजनिक भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरूद्ध खेलेको टिमलाई नै आज पनि मैदान उतारेका छन् ।

 

माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टोली
किरण चेम्जोङ (गोलरक्षक), अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी, सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, बिमल घर्तीमगर र भरत खवास (कप्तान)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!