नेपाल भर्सेस भारतः भारत १६१ रनमै समेटियो ! [अपडेट]

काठमाडौं, भदौ २७ । भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत यु-१९ ‘बि’ सँग खेलीरहेको नेपालले टस जितेर उत्कृष्ट बलिङ गरेको छ ।

 

लखनउको एकाना स्टेडियम ‘बि’ मैदानमा जारि खेलमा पहिलो इनिंङमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो ।

 

नेपालको लागि कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट, अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

 

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए।

१६२ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले १५ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाउँदै २७ रन मात्र बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!