प्रकाण्डलाई दाङबाट काठमाडौं ल्याइने

काठमाडौं भदौ, २७ विप्लव  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं ल्याइने भएको छ । विश्वकर्माको पक्राउविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।

सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  सात करोड चन्दा उठाएको अभियोगमा गत साउन २२ गते काठमाडौंमा उनलाई  पक्राउ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!