निर्मला हत्याको बिरोधमा कालो साडीमा तीज

 

भीमदत्तनगर, निर्मला पन्त हत्याको छानबीन गर्न माग गर्दै कालो साडी लगाएर प्रदर्शन गरिएको छ ।

बलात्कारविरुद्ध आन्दोलनरत आमा समूहमा आबद्ध महिलाहरु तीजका दिन कालो साडीसहित महेन्द्रनगर बजारमा उत्रिएका हुन ।

घटना भएको ४८ दिन पुगिसक्दा पनि सरकारले अपराधि पक्राउ गर्न नसकेको विरोधमा कालो साडीमा धर्ना दिएको उनीहरुले जनाएका छन् । कालो साडी लगाएर निर्मलाका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै धर्ना दिइरहेको आमा समूहकी सदस्य वसन्ती चन्द बोगटीले बताईन् । यसअघि यही समूह लगातार सदरमुकाम महेन्द्रनगरमा निर्मलाका हत्यारा पक्राउको माग गर्दै आन्दोलन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!