सुतिरहेका दिदीबहिनीको अनुहारमा तेजाब छर्कियो

 

रौतहट, घरमा सुतिरहेका दिदी र बहिनीको अनुहारमा तेजाब छर्केको नयाँ घटना रौतहटमा घटेको छ ।

कान्तिपुर अनलाईनका अनुसार, चन्द्रपुर नगरपालिकामा राती १२ बजे अज्ञान समूह प्रवेश गरेर तेजाब फालेको पीडितका बुवाले जनाएका छन् । अनुहारमा तेजाब परेर सख्त घाइते दुवैलाई थप उपचारका लागी काठमाडौं पठाएको प्रहरीले जनाएको छ। घटनाको समयमा बुवा घरमा थिएनन् भने आमा घरमा नै थिइन ।

तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो। चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई थप उपचारका लागि बिहान ५ बजे काठमाडौ रिफर गरेकोछ।

घाइतेहरुले तेजाब हान्नेलाई नचिनेको बताएका छन्। प्रहरीले शंकास्पद स्थानमा खोजतलास जारी राखेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!