चीनबाट फर्किए सभामुख महरा, भ्रमण उपलब्धिमूलक

सभामुख कृष्णबहादुर महरा चीनको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

सभामुख महरा तिब्बत सरकारको निमन्त्रणामा ल्हासामा आयोजित चौथो चीन तिब्बत पर्यटन तथा सास्कृंतिक एक्सपोमा प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो ।
भ्रमणको उपलब्धिका बारेमा जानकारी दिँर्दै सभामुख महराले नेपाल र चीनबीच व्यापार तथा पर्यटनका क्षेत्रमा भ्रमणबाट उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी हुँदा सभामुख महराले भौगोलिक रुपमा सिमाना जोडिएका नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत बीच हजारौं वर्षौंदेखि विकसित हुंदै आएको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक, व्यापारिक, आर्थिक एवं द्विपक्षीय कूटनीतिक सम्बन्धका बहुआयमिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए ।

भ्रमणकै अवधिमा ल्हासास्थित नेपाली महावाणिज्य दुतावासको परिसरमा चीनको केन्द्र सरकार तथा तिब्बत स्वशासित क्षेत्र सरकारको सहयोगमा पुनर्निर्माण हुने ३ वटा आयोजनाको समेत महराले शिलान्यास गरेका थिए । नेपाली महावाणिज्य दुतावासको भवन, नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुल तथता रसुवागढी पुलको शिलान्यास उनले गरेका थिए ।

यसैगरी तिब्बतको लिन्ची प्रिफेक्चर अन्तरगत लुलाङ्ग शहरमा आयोजित कार्यक्रममा सभामुख महराले वेल्ट एण्ड रोड एनिसियटिभमा नेपाल आवद्ध भइसकेको सन्दर्भमा यस अवधारणाका माध्यमबाट नेपाल र चीन एवं तिब्बतबीच के कसरी पूर्वाधार विकास, पर्यटन, आर्थिक, सामाजिक, व्यापारिक तथा लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्दै दुई देश र हिमालय क्षेत्रका जनता बीचको आपसी सम्बन्ध एवं हित प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा धारणा राखेको सचिवालयले जनाएको छ ।

प्रतिनिधिमण्डलमा सांसद शान्तिमाया तामाङ पाख्रिन, रंगमती शाही, अकवाल मिया, उमाशंकर अरगरिया, दुर्गा पौडेल र सचिवालय सचिव भरतराज गौतम, सभामुखज्यूका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, निजी सचिव टीका बुढामगर र पत्रकार सन्तोष धिताल रहेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!