एक दिवसीय क्रिकेटमा नेपालले आज एनसीएसँग खेल्दै

काठमाडौं, भदौ २७ । नेपाली यू-१९ क्रिकेट टोली एक दिवसीय सिरिज खेल्न भारतमा छ । आज नेपालले एनसीए यू-१९ सँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।

 

आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार भारतको यू-१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।

 

विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!