आमा अर्कैसँग भागेपछि पाँच बालबालिकाको विचल्ली

बाजुरा, भदौ २७ । बडिमालिका नगरपालिका-५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आएका इशा गुरुङले सङ्कलन गरेर एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छन् । यस्तै, बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको १० हजार रुपैयाँ सहयोग गरेकी छन् ।

 

४३ वर्षीय बुवा रामबहादुर साउँदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउँदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् ।

 

 

बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले २ हजार पाँच सय, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले एक हजार पाँच रुपैयाँ तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले २ हजार सहयोग गरेका छन् । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गरेकी छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!