कर छलीको आरोपमा मार्सेलोलाई ४ महिना जेल, साढे सात लाख जरिवाना !

एजेन्सी, भदौ २७ । ब्राजिलियन स्टार मार्सेलो भिएइराले कर छलीको आरोप स्वीकार गरेका छन् । उनले कर छलीको आरोप स्वीकार गर्दै चार महिनाको जेल सजाय र जरिवाना तिर्ने भएका स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

 

आफ्नो आय विदेशी फर्मलाई व्यवस्थित गर्न लगाएर ३० वर्षका मार्सेलोले चार लाख ९० हजार युरो कर छली गरेको आरोप स्पेनिस अधिकारीले लगाएका थिए । मार्सेलोले ७ लाख ५० हजार युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

 

स्पेनमा करछलीको आरोप लाग्ने र त्यसलाई स्वीकार गर्ने मार्सेलो पहिलो खेलाडी होइनन् । लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेइमारसहितका खेलाडीमाथि पनि यस्तो आरोप लागेको थियो र उनीहरुले पनि जेल सजाय तथा जरिवाना स्वीकार गरेका थिए ।

 

स्पेनिस कानुन अनुसार दुई वर्षभन्दा कम समयको कैदका लागि जेलमा बस्नु पर्दैन । यसले गर्दा मार्सेलो पनि जेल भने जानु पर्ने छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!