नेइमारको ब्राजिल ५-० ले विजयी, को-कोले गरे गोल ?

एजेन्सी, भदौ २७ । रुसमा सम्पन्न विश्वकप फुटबलमा क्वाटरफाइनलबाटै बाहिरिएको ब्राजिलले एल साल्भाडोरसँगको मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । नेइमारसहितको ब्राजिलले एल साल्भाडोरमाथि ५-० को जित निकालेको हो ।

 

अमेरिकाको मेरील्याण्डमा भएको खेलमा ब्राजिलको जितमा रिचार्लिसनले २ तथा नेइमार, फिलिप कोन्टिन्हो र मार्क्वीनहोसले एक-एक गोल गरे । चौथो मिनेटमा नै पाएको पेनाल्टीमा नेइमारले गोल गर्दै ब्राजिललाई सुरुवाति अग्रता दिलाए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!