नेपालमा रेल जोड्न चीन आतुर !

काठमाडौं, भदौ २७ । चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चाँसो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ-काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ-काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

 

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौ’ यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

याे पनि पढ्नुस  रेल सञ्चालन गर्न रेलवे कम्पनी जागरुप हुँदै

 

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । संक्षिप्त कुराकानीमा चुलेले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ ।

 

ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’ ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’ आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

याे पनि पढ्नुस  रेल सञ्चालन गर्न रेलवे कम्पनी जागरुप हुँदै

कमेन्ट गर्नुहोस्

error: Content is protected !!