एक महिने भ्रमणका लागि डा. भट्टराई अमेरिका प्रस्थान

काठमाडौं, भदाै २७। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई मंगलबार करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

 

भ्रमणका क्रममा उहाँले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।

 

डा. भट्टराई आगामी असोज २२ गते स्वदेश फर्कने छन्। डा. भट्टराईको यस भ्रमणको सम्पूर्ण व्यवस्थापन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गर्ने बताइएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!