निर्मला बलात्कार प्रकरणः प्रहरीले दोषी बचाउन खोजेको पुष्टि !

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमदत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।

 

डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए ।

 

ओझाले भने, ‘निर्मलाको पोस्टमार्टकमो डिएनए प्रोफाईलसँग दिलीपको डिएनए प्रोफाईल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो ।’ दिली निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ ।

 

प्रहरीले झुठो विवरण प्रस्तुत गरेर दिलीपलाई किन दोषी ठहर गर्न खोज्यो ? अधिकारकर्मी शारदा चन्दा भन्छिन्, ‘दिलीप निर्दोष ठहरीएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।’ निर्मलाको हत्यारा सुनियोजित थियो र शक्तिशाली दोषी बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भईसकेको स्थानीय मञ्जु भट्टले बताइँन् । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!