नेकपाको प्रवास संगठन मलेशियामा एकताको तयारी तीब्र, संयोजकमा तिवारीको चर्चा

मलेशिया,भदौ २६।पुर्व एमाले र माओबादी केन्द्रको पार्टी एकता संगै दुबै पार्टी सम्बद्ध प्रवास संगठनहरुको एकता प्रक्रिया समेत तीब्र रूपमा अगाडि बढेको छ।

खाडीका विभिन्न देशमा रहेका पार्टी निकट प्रवास संगठनमा एकता प्रक्रिया लाई टुंगोमा पुर्याउन छलफल चलिरहेका बेला मलेशियामा पनि नेपाली जनप्रगतिसिल मञ्च र एमाले सम्बद्ध बिदेश बिभाग संगठन प्रबाशी नेपाली मन्च बिच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

लामो समय देखि मजदुरहरुको हक हितमा र पार्टी केन्द्रको सहयोगी बन्दै आइरहेका दुबै संगठनहरुको एकताको लागि पार्टी केन्द्र बाटै नेपाली जनप्रगतिसिल मन्च मलेशियाका अध्यक्ष प्रेम पाण्डे,प्रमुख सल्लाहकार रमेश प्रसाद तिवारी तथा प्रबाशी नेपाली मन्च मलेशियाका अध्यक्ष राजेन्द्र भन्डारी,र महासचिव दयाराम कुमाल गरि चार जनाको कार्यदल रहने गरी सिफारिस पठाएको थियो।

याे पनि पढ्नुस  यस्तो छ माधव नेपालले दर्ता गरेको ७ बुँदे नोट अफ डिसेन्ट

दुबै सङठन एकताका लागि मार्ग प्रसस्त गर्दै गत हप्ता मात्रै पार्टी केन्द्रले साङ्गठनिक कार्यबिधी सर्कुलर जारी गरेपछि अहिले नेतृत्व कस्ले लिने भन्ने बारे तिब्र रुपमा बहस चलिरहेको मंच निकट एक पुर्ब पदाधिकारीले बताएका छन।

पार्टी बिदेश बिभागले पठाएको कार्यबिधी अनुसार दुबै सङठनहरुका पदाधिकारीहरु लाई समायोजन गरि एकजना सचीव र सम्योजक सिफारिस गरेर पार्टी केन्द्रमा प्रतिबेदन सहित पठाउन निर्देश जारी गरेको छ।भने, सचिबका लागि पुर्ब नेपाली प्रबाशी मन्चका महासचिव दयाराम कुमालको नाम आगामी सचिबको लागि सहमति भइ सकेको भनिएता पनि कार्यदल भित्रकै एक सदस्यले सचिब बनाउन नहुने अडान राखेका छन।

याे पनि पढ्नुस  नेकपा कार्यविभाजनः हेर्नुस् सबै विभागका प्रमुख र उपप्रमुखको नामावली

आगामी महाधिवेशन संयोजकका लागि पुर्ब एमाले निकट सङठनका पदाधिकारीहरुले पुर्ब माओबादी केन्द्र निकट जनप्रगतिसिल मञ्च लाई संयोजकको
जिम्मेवारी दिने र आफुहरुले सचिब लिनेमा सहमति भइसकेको जनाएका छन ।

नेपाली जनप्रगतिसिल मन्च मलेशियाका अध्यक्ष प्रेम पाण्डे यस अघि नै दुई पटक अध्यक्षको पदबहार सम्हालिसकेका छन भने साङ्गठनिक एकता तथा आगामी महाधिवेशन समिति सम्योजकमा उनले समेत तिवारी लाई नै समर्थन गर्न सक्ने बुझिएको छ ।

श्रोतका अनुसार कार्यदल सदस्य तथा नेपाली जनप्रगतिसिल मञ्चका प्रमुख सल्लाहकार एबम मलेशिया इन्चार्ज समेत रहेका रमेश प्रसाद तिवारीको पक्षमा भने सकारात्मक माहोल बन्न सक्ने सम्भावना देखिएको बताएका छन ।निक्कै लामो समय देखि मलेसियामा ब्यबसाय सङ्गै समाजसेवामा समेत सक्रिय रहेका तिवारी पुर्ब माओबादी केन्द्र पार्टीका भेला आयोजक समितिका केन्द्रिय सदस्य तथा गैर आवसिय नेपाली सघ मलेशियामा संरक्षकका रुपमा पनि रहेका छन।

याे पनि पढ्नुस  नेकपा बैठक आज

कमेन्ट गर्नुहोस्

error: Content is protected !!