बजार अनुगमलाई प्रभावकारी बनाउन राज्यमन्त्री चौधरीद्वारा १० बुँदें निर्देशन

काठमाडौं, भदौ २६ । कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयको रुपान्तरणको मार्ग चित्र २०७५ अनुगमन तथा सहजीकरण समितिको बैठकमा राज्यमन्त्री रामकुमारी चौधरीको अध्यक्षतामा मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ ।

मन्त्रालयको कामकारबाही चुस्त दुरुस्त र परिणाममुखी बनाउन राज्यमन्त्री चौधरीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिती बनेको पहिलो बैठकमा १० बुँदे निर्देशन दिएकी छिन ।

यस्ता छन् राज्यमन्त्री चौधरीका १० बुँदें निर्देशन
१) मन्त्रालयको ५८ बुदे मार्ग चित्रको कार्यान्वयन बारे उच्च पहलकदमिका साथ कार्यान्वयन गर्ने ।

२) २०७५ भदौ १३ गते माननीयमन्त्री ज्यूका अध्यक्षतामा बसेको बैठक २४ बुँदें निर्देशन निर्णयलाई आत्मसात गर्न गराउन उच्चस्तरीय पहलकदमी लिने र कार्यान्वयन भएको नभएको अनुगमन गर्ने ।

३) आब २०७५र०७६ को प्रहिलो चौमासिकको कार्यक्रमहरुलाइ छिटो छरितो तवरले गर्ने ,गराउने । भएको नभएको अनुगमन गर्ने ।

४) सचिव ,महाशाखा प्रमुखहरू,बिभगिय प्रमुखहरू ,परियोजना प्रमुखहरु संस्थान र कम्पनी लि।प्रमुखहरूले नियमित रुपमा योजना अनुसारको काम भएको नभएको बारे बेलुकी ७ बजेभित्र र विभिन्न घटना परिघटना भएको खण्डमा बिहान ८ बजेभित्र रिपोर्टिङ गरिसक्नु पर्ने ।

५) नियमित समीक्षा बैठक बस्दा अघिल्लो बैठक बसेर निर्णय ,निर्देशन भए गरेको कार्यहरुको समस्या,चुनौती ,सम्भावना र उपलब्धिको लिखित रिपोर्टिङ गर्नु पर्ने ।

६) सबै तहका कार्यलय प्रमुखहरू कार्यालयमा १० बजे पुगिसक्नु पर्ने र ५ बजेपछि मात्रै कार्यालयबाट बाहिरीने साथै आफू मातहतका कर्मचारीहरुलाई पनि सो निर्देशन, अनुगमन गर्ने र गराउने ।

७) सेवाग्राही कृषकहरु सँग विनम्र भएर प्रस्तुत हुने र आफू मातहतका कर्मचारीहरुलाइ निर्देशन दिने । किसानका गुनासाहरु धैर्यतापुर्वक सुन्ने ,तुरुन्त हल गर्ने प्रयत्न गर्ने ,गराउने । नसकेको आफुभन्दा माथिल्लो तहमा रिपोर्ट गर्ने ।

८) दिनहु जस्तो कृषि क्षेत्रमा ,पशुपक्षि क्षेत्रमा किसानका समस्या हल गर्ने गराउने ।

९) खाद्य शुध्दता सम्बन्धि खाद्य पदार्थमा अखाद्य पदार्थ मिसावट रोक्न नियमित रुपमा अनुगमनलाई तिब्रता बनाउने मिसावट पाए कडा कार्वाही गर्ने गराउने ।

१०) किसानहरुले पाउने रासायनिक मल ,बीउ नियमित रुपमा आपूर्ति भएको नभएको ,गुणस्तरीय सामाग्री भएको नभएको ,परिणाम बमोजिम भएको नभएको कडाइ साथ अनुगमन गर्ने । बैठकमा प्रमुख अतिथि माननीय मन्त्री चक्रपाणि खनाल (बलदेव) को बिशेष उपस्थित रहेको थियो भने सचिव ,सह–सचिवहरु, बिभागीय प्रमुखहरु, परियोजनाका प्रमुखहरु, संस्थान र कम्पनी लिका प्रमुखहरुको उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!