कञ्चनपुर: दिलिपसिँह बिष्टसँगै बम दिदीबहिनी पनि रिहा

कञ्चनपुर, भदौ २६ । निर्मला पन्तको हत्याको  अभियुक्त भनिएका दिलिपसिंह विष्ट मङ्गलबार साधारण तारेखमा छुटेका छन् । त्यसका साथै अनुसन्धानका लागि पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई पनि छोडिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले बिष्टलाई साधारण ताएख्मा छाडेको हो । त्यस्तै बम दिदीबहिनीहरू मध्ये आँचललाई साधारण तारेखमा र बबितालाई ३० हजार धरौटीमा छोडिएको हो ।

अनुसन्धानका क्रममा बिष्टको डीएनए गरिएको थियो । उनको टेष्ट नेगेटिभ आएपछि अदालतले विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बिष्ट प्रहरीद्वारा हत्याको प्रमुख र एकमात्र आरोपीको रूपमा उभ्याइएका पात्र हुन् । प्रहरीले बिष्टलाई अभियुक्तका रूपमा उभ्याइएपछि स्थानीयबासीले विरोध गरेका थिए, जसमा एक किशोर सन्नी खुनाको ज्यान समेत गएको थियो ।

याे पनि पढ्नुस  अर्कैको नाममा परीक्षा दिने युवती पक्राउ

साउन १० गते रोशनी बमको घर गएकी निर्मला बेपत्ता भएपछि त्यसको भोलिपल्ट उनको शव उखुबारीमा फेलापरेको थियो । तर प्रहरीले भने बमलाई अनुसन्धानको घेरामा ल्याएको थिएन ।

कञ्चनपुरका तत्कालिन प्रहरीप्रमुख डिल्लीराज बिष्ट निलम्बनमा परेपछि मात्र बम दिदीबहिनीलाई छानबिनको दायरामा ल्याइएको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!