उपराष्ट्रपति पुनद्वारा हिन्दू महिलाहरुको महान पर्व तीजको शुभकामना व्यक्त

काठमाडौं, भदौ २६ । नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका गर्छन् । साथै हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाईचाराको अभिवृद्धि गर्न सकोस्, ीिज सिर्जनशील र उल्लासमय रहोस् भनिएको छ ।

मंगलबार एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘ नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाहरुको योगदान अत्यन्त ठूलो छ । विभिन्न कालखण्डका क्रान्ति तथा संघर्षमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धीप्रति गौरव गर्न सम्पूर्ण दिदी–बहिनीहरुलाई आग्रह गर्दछु शुभकामना सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, ‘पछिल्ला दिनहरुमा बढेका बलात्कार जस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटनाहरु ज्यादै गम्भीर र चिन्ताको विषय हो । बलात्कार लगायत महिला हिंसा घटनाका दोषीहरुलाई कानूनी दायरामा लिएर यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ । यस वर्षको तीजपर्वले महिला हिंसालगायत सबै खाले अपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु ।’

बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक नेपाली समूदायमा जस्तो सुकै दुःख र अप्ठ्यारोमा पनि धर्यका साथ खुशी मनाउने बेग्लै क्षमता र ृसंस्कार छ । सन्देशमा भनिएको छ, ‘जस्तो सुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने हाम्रो परम्परा हो । बाढी, डुबान, पहिरोबाट घरबार विहिन हुनुभएका र चार वर्षअघि गएको विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै हुनुभएका र विभिन्न हिंसाका घटनामा पर्नुभएका दिदी–बहिनीहरुले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तिज पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!