भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

हैदराबाद, भदौ २६ । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको प्रहरीले जनाएको छ ।

यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो ।

उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थ यात्रु लिएर फर्कदै थियो । रासस/एएफपी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!