काममा फर्किए न्यायाधीश दीपकराज जोशी

काठमाडौँ, भदौ २६ । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्दै आएका न्यायाधीश दीपकराज जोशी मङ्गलबारबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् ।

गत साउन १८ गते भएको संसदीय सुनुवाईमा अस्वीकृत भएका जोशी त्यसपछि बिदामा बस्दै आएका छन् । त्यसपछि सर्वोच्च अदालत नआएका जोशी सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च आएका थिए ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्कनु भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।

रासस

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!