न्यायाधीश जोशी सर्वोच्च फर्के

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् ।

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो ।

सुनुवाइपछि जोशी बिदामा बस्नुभएको थियो । मंगलबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका छन् ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केका सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । जोशी काममा फर्कनु भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!