उच्चस्तरीय छानबिन समितिका सदस्य केसीको राजीनामाबारे छानबिन हुँदै : गृहमन्त्री

बनेपा, भदौ २६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएका राजीनामाको सम्बन्धमा छानविन भइरहेको बताएका छन् ।

प्रदेश नं. ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसीले सोमबार समितिको म्याद थपिएकोमा असहमति जनाउँदै घटनाका मुख्य अपराधीबाट आफू र आफ्नो परिवारलाई असुरक्षा भएको दाबी गरेका गर्दै सोमबार राजीनामा  दिएका थिए ।

काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री बादलले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।”

उनले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सम्मान गरियो । गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अंक विमोचन गरे ।

सोही अवसरमा उनले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउनुहुँदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए । रासस

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!