अफगानिस्तान प्रिमियर लिगमा सन्दिपको टिममा को-को छन् स्टार खेलाडी ?

काठमाडौं, भदौ २६ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए) मा अनुबन्ध भएका छन् । उनलाई नान्गहर क्लबले १५ हजार डलरमा अनुबन्ध गरेको हो । दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई आइसिसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरेको हो।

 

इन्डियन प्रिमियर लिग खेलेर चर्चा कमाएका सन्दिप क्यारेबियन प्रिमियर लिगमासमेत उत्कृष्ट प्रदर्शन गरेका थिए । ड्राफ्टमा रहेका नेपाली कप्तान पारस खड्का र सोमपाल कामी भने अक्सनबाट लिलामी हुन सकेनन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० भन्दा बढी विदेशी खेलाडीले भाग लिएका थिए।

 

अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो। पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दिप आवद्ध टिममा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान जस्ता स्टार खेलाडी छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!