दश लाखको धनमाल लुट्ने तीन जना पक्राउ

बर्दिवास, भदौ २६ । चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 

उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका-६ जमुनियाँका अर्जुन भुजेलको घरबाट १० लाख रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए । बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित पाँच जनालाई घाइते बनाएका थिए ।

 

घाइतेको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकाहरुको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!