यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धामा जनप्रतिनिधि गम्भीर छौंः मेयर वड

धनगढी, भदाै २६ ।  कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मुद्धामा जनप्रतिनिधि गम्भीर रहेको बताएका छन् ।

प्रदेश सातमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकसँग छलफल गर्दै नगर प्रमुख वडले यस्तो बताएका हुन् ।नगर प्रमुख वडले भने, ‘हामीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मागलाई निती तथा कार्यक्रमबाट पनि सम्बोधन गरेका छौं ।’ धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख सुशिला मिश्र भट्टले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको समस्या फरक भएको बताईन् ।

उनले भनिन्,‘चाँडै यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अभिभावकलाई राखेर अन्तरक्रिया गर्ने योजना छ ।’ उनले आम अभिभावक भन्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका अभिभावकको पिडा पनि फरक रहेको बताईन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले सोमबार स्थानीय तहका निति निर्मातासँग छलफल गर्दै विभिन्न मागसमेत गरेका छन् ।

धमाधम कानून निर्माण भइरहेकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकले निति निर्मातासँग छलफल गरेका हुन् । उनीहरुले अन्य अल्पसंख्यक भन्दा आफूहरुको समस्या फरक भएकाले तिनको सम्बोधन हुनेगरि योजना बनाउन माग गरेका थिए । सुदूरपश्चिम समाजका करुणा नेपालले नितीगत रुपमा नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मुद्धाहरु समेटिनुपर्नेमा जोड दिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!