मुग्लिङको तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

चितवन, भदौ २६ । नारायणगढ-मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका-६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ ।

 

पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!