एमजीको जीएस गाडीमा यस्तो ठगी, एउटै गाडीबाट १८ लाख नाफा

काठमाडौं, भदौ २६ । ब्रिटिस अटोमोबाइल्स कम्पनी एमजीको नेपालका लागि आधिकारिक बिक्रेता एमजी मोटर्स नेपालले सार्वजनिक गरेको ‘एमजी जीएसएटी २ डब्ल्यूडी’ (जीएस १.५ टी ७ टीएसटी एटी २ डब्ल्यूडी) मोडलको गाडी बिक्रीमा कानुनविपरीत चर्को मूल्य असुल्ने गरेको भेटिएको छ ।

 

वस्तु तथा सेवाको बिक्री वितरणमा २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न नपाइने कानुनी व्यवस्थाविपरीत कम्पनीले १८ लाख रुपैयाँसम्म नाफा लिएर बिक्री गर्दै आइरहेको भेटिएको हो । यो नाफा ४२ प्रतिशत हो ।

 

एक वर्षअघि १६ भदौ २०७४ मा नेपालमा सार्वजनिक भएको ‘एमजी जीएस’ मोडलको चारपांगे्र गाडीमा करबाहेकको जम्मा लागत २० लाख ४४ हजार ७६६ रुपैयाँ रहेको छ । त्यसमा करलगायत अन्य रकम थप्दा ४३ लाख ३० हजार ४७५ रुपैयाँ पर्न आउँछ । यो नै गाडीको वास्तविक लागत हो ।

 

सो गाडीको मूल्य भने ६१ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गरिँदै आएको छ । एउटै गाडीको बिक्रीबाट कम्पनीले १७ लाख ९९ हजार ४३३ रुपैयाँ नाफा लिँदै आएको छ ।एमजी जीएस गाडीको डिलरमा कार्यरत कर्मचारीका अनुसार कम्पनीले निर्धारण गरेको भन्दा अधिक मूल्यमा आधिकारिक बिक्रेताले गाडी बिक्री गरिरहेका छन् । ‘सो गाडी ६५ लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । हामीले ‘जीएस कम्फर्ट’ ६५ लाखमा बेच्छौं र ‘जीएस लक्जरी’ ९० लाखसम्ममा बेच्छौं,’ ती कर्मचारी भन्छन् ।

 

एमजीका महाप्रबन्धक सचिन अर्याल भने कम्पनीले निर्धारण गरेको मूल्यमा नै गाडी बिक्री गरिरहेको दाबी गर्छन् । उनले बिक्रीका लागि दिएको सिलिङअनुसार नै बिक्री गरेको भन्दै कति प्रतिशत नाफा लिएको हो र गैरकानुनी नाफा लिए÷नलिएबारे भने कम्पनी प्रमुखसँग बुझ्न आग्रह गरे । राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!