संविधानबहादुरका कुकुर कुट्ने २ युवा जेल चलान !

बनेपा, भदौ २६ । कुकुर कुट्दा बनेपाका २ युवा जेल परेका छन् । ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो ।बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने २ युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो ।

 

घर पालुवा जनावर कुटेको उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका ७ घर भई हाल बनेका बस्दै आएका १९ वर्षीइ सुरेश ब्लोन र धुलिखेल १ का २८ वर्षिय राज लामामाथि मुद्दा चलाइएको हो । राजधानी दैनिकमा खबर छ ।

 

उनीहरुले जोशीको घरमा बाँधेर राखिएका कुकु टमी र कालीलाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!