बुधबार नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बुधबार पार्टी सचिवालय बैठक बोलाउने समझदारी भएको हो ।

 

‘उहाँहरूबीच बुधबार केन्द्रीय सचिवालय बैठक बोलाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ, त्यस दिन बैठक गर्ने समझदारी भएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने । दुई अध्यक्षबीच प्रचण्डको भारत भ्रमण, एकीकरण कार्यदलहरूको गृहकार्यलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

 

यसअघि २४ भदौमा सचिवालय बैठक बोलाउने समझदारी भए पनि गृहकार्य नपुगेको भन्दै औपचारिक आह्वान गरिएको थिएन । प्रदेश र जिल्ला कमिटी तथा जनसंगठनसम्बन्धी एकीकरण कार्यदलले समयमै प्रतिवेदन बुझाएका छैनन् भने कतिपय सिफारिस प्रतिवेदनमाथि विवाद छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

 

तल्ला कमिटी र जनसंगठन एकीकरण कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्दा विवाद चर्किने देखिएपछि अध्यक्षद्वय ओली र प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गरिरहेका छन् ।

 

असन्तुष्टहरूले केन्द्रीय कार्यालयमा धमाधम उजुरी हालेपछि विधि, प्रक्रिया र मापदण्डका आधारमा प्रदेश र जिल्ला अध्यक्ष तथा सचिव चयन गर्नुपर्ने नेतृत्वमाथि दबाब छ । एकीकरणमा ढिलाइसँगै असन्तुष्टि बढ्दै जाँदा यसअघि दुईपटक तोकिएको केन्द्रीय सचिवालय र स्थायी समिति बैठक स्थगित भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!