दुई बालिकालाई बन्धक बनाएर बलत्कार गर्ने युवक पक्राउ

काठमाडौं, भदौ २५ । काठमाडौंको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ ।

प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!