प्रचण्ड–ओली भेटः पार्टी एकता टुंगोमा पुर्याउन २७ गते सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौ, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तल्ला कमिटीहरुको एकता सम्पन्न गर्न पर्सि २७ गते सचिवालयको बैठक बोलाइने भएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको छलफलमा एकतालाई भदौ मसान्तसम्म सम्पन्न गर्न छलफल भएको हो ।

भारत भ्रमणबाट फर्केपछि भ्रमण तथा समसामयिक विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच पार्टी एकताको पछिल्लो प्रगति तथा बाँकी रहेका कामका बारेमा गहन छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

‘पर्सी सचिवालयको बैठक बोलाउने निर्णय भएको छ ।’ स्वकिय सचिव गंगा दाहालले भनिन्, ‘भारत भ्रमणका विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी दिने काम भयो ।’

पार्टी एकताका लागि जिल्ला, प्रदेश र तल्ला तहको एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन बुझार्इसकेका छन ।

अध्यक्ष प्रचण्डले भारत भ्रमण सकारात्मक भएको र सरकारले अघि सारेको विकास र समृद्धिको यात्रामा भ्रमणबाट थप उपलब्धि मिलेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!