‘नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन क्लास सम्पन्न

काठमाडौं । सिद्धी मिडिया प्रालिले आयोजना गर्न लागेको ‘नेपाल्स लिटल स्टार २०१८’ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ ।

करिब २ दर्जन बालबालिका प्रतिस्पर्धा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व विकास गर्दै उनीहरुभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ ‘नेपाल्स लिटल स्टार २०१८’ आयोजना गर्न लागिएको सिद्धी मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउँछन् ।

चाडै नै प्रतिस्पर्धी बालबालिकाहरुको अभिभावकहरुलाई समेत उपस्थित गराएर बालबालिकाहरुको मनोवैज्ञानिक तरिकाले उनीहरुको चौतर्फी बिकाशमा सहयोग पुग्ने तरिकाले प्रशिक्षण प्रदान गरिने कुरा शाह बताउँछन ।

उक्त ओरेन्टेसन क्लास चर्चित फेशन डिजाईनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, गायिका बसन्ता प्रकृति र रमेश मास्केको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ २५ दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा कोरियोग्राफर ट्रेनर आशिष मिश्रबाट प्रतिस्पर्धीहरुलाई उनीहरुको बाल मनोवैज्ञानिक पहिचान गरी आफ्नो क्षमता, दक्षता तथा बालबालिकाको इच्छा रुचिलार्इ मध्यनजर गरेर सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!