साफ च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग भिड्ने, नतिजा कसको पक्षमा ?

काठमाडौं, भदौ ३५ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्ने भएको छ । बुधबार हुने सेमिफाइनलमा नेपालले समूह ‘बी’को उपविजेता माल्दिभ्सलाई प्रतिस्पर्धी पाएको हो ।

 

नेपाल समूह ‘ए’ को विजेताका रुपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेपछि माल्दिभ्स समूह उपविजेता बन्ने सम्भावना धरापमा परेको थियो ।

 

माल्दिभ्स र श्रीलंकाको समान एक अंक र समान गोलअन्तर भएपछि टस गरेर उपविजेताको टुंगो लगाइएको हो । टसमा मालदिभ्सको भाग्य चम्कियो र नेपालसँगको भेट पक्का भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!