गोली हानी तरुण दलका नेताको हत्या

रोल्पा, भदौ २५ । जिल्लाको सुलिचौरमा नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो ।

 

उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् । सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो । घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी इन्चार्ज डा। प्रकृति भट्टराईले भनिन्, तर, ल्याउनुअघि नै मृत्यु भईसकेको थियो । उनको देव्रे छातीमा गोली लागेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!