वैदेशिक रोजगारीबारे जानकारी अब अनलाइनबाट

काठमाडौं, भदौ २४ । वैदेशिक रोजगारलाई व्यवस्थित र पारदर्शि बनाउन सरकारले अनलाईन प्रणाली सुरु गर्ने भएको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति रोक्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो ।

भोलिदेखि सुरु भए पनि यसको पूर्ण कार्यान्वयन भने असोज १ गतेबाट हुने बताइएको छ । प्रणाली सञ्चालनमा आएसँगै नेपाली कादारले आफूले जान चाहेको कम्पनी, तलब, बीमा प्रक्रिया, विदेश पठाउने कम्पनीको नाम, त्यसको लागत सहित श्रम ईजाजतका सबै विवरण वेभसाईडबाटै हेर्न, विवरण भर्न, उजुरी गर्न तथा अन्य सेवा लिन पाउनेछन् ।

श्रमिकको अनविज्ञता तथा म्यानपावर कम्पनीको लापरबाहीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार ठगिने क्रम बढेपछि मन्त्रालयले अनलाईन प्रणालीबाटै सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो । सोमबार एक कार्यक्रमका बीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले एकीकृत अनलाइन प्रणालीको औपचारिक घोषणा गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!