बिपी जयन्तीमा विचार गोष्ठी सम्पन्न

कलैया, भदौ २४ । नेपाली काँग्रेस बाराले १०५औँ बिपी जयन्तीको अवसरमा आइतबार ‘वर्तमान सन्दर्भमा बिपीको विचारको सान्दर्भिकता’ विषयक गोष्ठीका वक्ताहरूले नेपाली काँग्रेसको वर्तमान पराजयको प्रमुख कारण बिपीको मार्गदर्शनबाट विचलित हुनु बताएका छन्।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादवले नेपाली काँग्रेस बिपीको सिद्धान्त र विचारमा नहिँडेका कारण देशभरी पराजय भोग्नुपरेको बताएका छन् ।

काङ्ग्रेस बाराले बिपी स्मृति दिवशको अवसरमा आयोजना गरेको सरसफाइ तथा अमृता अनाथलका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रममा यादवले विगतलाई बिर्सेर आजकै मितिदेखि बिपीको विचार, आदर्शलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरे ।

त्यस्तै पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताउनुभएको छ ।

गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको भन्दै बिपीले बोकेको सपनालाई साकार गर्नका लागि सबै एकजुट भएर बिपीको मार्गदर्शनमा लाग्नुपर्ने यादवको जोड थियो ।

पूर्वसांसद रामअयोध्याप्रसाद यादवले अहिलेको सरकार दुई तिहाइको दम्भ देखाएर लोकतन्त्रलाई सखाप पार्न लागिपरेको आरोप लगाए ।
रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!