गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कतारको दोश्रो परिषद भेला सम्पन्न

दोहा, भदौ २४ । गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कतारको दोश्रो परिषद भेला शुक्रबार दोहाको गल्फ प्याराडाईज होटलमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद वरिष्ठ उपाध्यक्ष कुमार पन्तले गैर आवसिय नेपाली संघले स्वदेश वा बिदेशमा हरेक सामाजिक, राष्ट्रियस्तरका कामहरु गर्दै आईरहेको छ।

विश्वभर बस्ने नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे। खाडी देशहरूमा बस्ने श्रमिक नेपालीहरुको लागि सहज र प्रवासको कमाईलाई सही ठाउँमा लगानीबारे सरकार र गैरआवसीय नेपाली संघबीच कुरा भैरहेको बताए।

संघले बिदेशबाट फर्केका नेपालीहरुको लागि सरकारसंग सीप, ज्ञान र अवस्था हेरि स्वदेशमै रहने बाताबरण मिलाउन पहल भैरहेको बताए। अर्का बिशेष अतिथी गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका सचिब डिबि क्षेत्रिले खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुलाई नेपालमै रोजगारीको बाताबरण गर्नुपर्ने, खाडी क्षेत्रमा काम गर्ने श्रमिकका समस्याका बारेमा नेपाल सरकार मार्फत कार्यन्वयन भैरहेको बताए।

कार्यक्रममा आइ सिसि मध्यपुर्ब संयोजक आरके शर्मा,आई सि सि मानार्थ सदस्य नरेन्द्र भाट, कमलमणि गुरागाई, बिल गुरुङ्ग आई सि सि सदस्य बिनोद भट्टराई बिमल सुवेदी,कुमार कार्की , आई सि सि पुर्ब उपाध्यक्ष सागर नेपाल एन आर एन एन सि सि कतारका प्रमुख सल्लाहकार बिनेश तामाङ्ग, परिषद सदयस्यहरुको तर्फबाट बिष्णु लाल श्रेष्ठ, पुर्ब कार्यसमितिको तर्फबाट ठाकुर परियार लागाएतले सुभकामना मन्तव्य राखेका थिए ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नबिन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागतमन्तब्य एनसीसी कतारका बरिस्ठ उपाध्यक्ष तेज कटुवाल र संचालन महासचिव बुधबल गुरुङले गरेका थिए ।

भेलामा संगठनात्मक कार्यप्रगती प्रतिबेदन प्रस्तुत तथा छलफल महासचिव बुधबल गुरुङ्गले पेश गरेका थिए। भने आर्थिक प्रतिबेदन संघका कोषाध्यक्ष उत्तम गुरुङ्गले पेश गरेका थिए। भेलामा संगठनात्मक प्रतिबेदनमा उठेका प्रश्न र जिज्ञासालाई महासचिव बुधबल गुरुङ्ग र आर्थिक प्रतिबेदनमा उठेका प्रश्न र जिज्ञासामा कोषाध्यक्ष उत्तम गुरुङ्गले पार्षदलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा एनआरएनए एनसीसी कतारले कतार डाईरेक्टरी २०१८ बिमोचन प्रमुख अतिथी आई सि सि वरिष्ठ उपाध्यक्ष कुमार पन्त, सचिब डिबि क्षेत्री र मध्यपुर्ब संयोजक आर के शर्मा लगायत आईसीसी का पदाधिकारीहरुको उपस्थितमा बिमोचन गरिएको थियो।

कार्यक्रम समापन गर्दै गैर आवसीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारका अध्यक्ष नवीन पोख्रेल ले प्रमुख अतिथी बिशेष अतिथी, अतिथी, कार्यसमिति पदाधिकारी सम्पुर्ण पार्षद, लगायत सहभागी लाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!