राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधान सेनापति रथी पूर्णचन्द्र थापालाई अाइतबार महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति रहेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरी प्रधान सेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित रहेका थिए ।

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधान सेनापतिको जिम्मेवारी तोकेकोे थियो ।

उनले सैनिक मुख्यालय जङगी अड्डा पुगेर आइतबारै नेपालको ४३ औँ प्रधान सेनापतिका रूपमा पद बहाली गरे । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँ शहरमा जन्मेका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!