रातो सारीवालालाई छमछमी नचाउँदै कालो दारीका सुभाष (भिडियो सहित)

काठमाडौँ, आधुनिक गीत रचनामा निकै जमेका गीतकार सुभाष गौतमले यसपालीको तीजमा आफ्नै संगीतमा नयन स्वादको तीज गीत ल्याएका छन् । तीजलाई मद्देनजर गर्दै आएको सुभाष गौतमको  गीत ‘तिमी रातो सारीमा, मा चैं कालो दारीमा…’ले राम्रो चर्चा पाइराखेको छ ।

बिर्ख धामी र सरु गौतमको स्वर रहेको उक्त गीत प्रचलित भन्दा केही फरक स्वादको रहेको दर्शक श्रोताहरूको प्रतिक्रिया रहेको छ ।

उक्त गीतको भिडियोमा करिश्मा ढकाल र राज चौधरीको अभिनय रहेको छ भने गीतको बिच-बिचमा लोकेन्द्र खत्रीको ऱ्याप रहेको छ । हाल युट्युब लगायतका सोसल स्ट्रिमिङ साइटमा ट्रेण्डिङ रहेको यस गीतलाई गीतलाई बुढासुब्बा डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो ।

याे पनि पढ्नुस  तीजको अवसरमा निलिमा पुनले ल्याईन् सन्देशमुलक गीत

हेरौं उक्त गीतको भिडियो:

कमेन्ट गर्नुहोस्

error: Content is protected !!