अब आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुने : सहमहामन्त्री महत

नेपालगञ्ज, भदौ २४ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताए ।

“अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ’ उनले भने,“पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।”

सहमहामन्त्री डा महतले भने, “आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।” अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उनले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!