आज कतिमा बिक्री भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन आइतबारनेपाली बजारमा सुनचाँदीको मूल्य कुनै परिवर्तन आएको छैन ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!