ओली सरकारले बृद्ध भत्ता बढाउने, प्रचण्डले गरे खुलासा

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकले प्रत्यक्ष महशुश गर्ने गरी केही नयाँ जनहितका महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको नेकपाका अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । पुरक बजेट ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले आन्तरिक तयारी शुरु गरिसकेकाे उच्च स्रोतले जनाएको छ ।

गएको साता आफै निवास खुमलटारमा आयोजित पत्रकारसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने, ‘नेकपाको लक्ष्य भनेको सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्ने हो । दुई तिहाईको इतिहासको शक्तिशाली सरकारमा जनताले प्रत्यक्ष महशुश गर्ने जनहितका केही नयाँ घोषणा गर्ने तयारीमा हामी छौं ।’

प्रचण्डले भने, ‘सरकारका कामकारबाहीलाई प्रभावकारी र जनपक्षीय बनाउन हामीले मन्त्रीहरुको हेरफेर, पुरक बजेट र नयाँ केही निर्णय गर्ने अन्तिम तयारी र समीक्षा छौं । जसमा बृद्धभत्ता बढाउने पनि हाम्रो पहिलो प्राथमिकतामा छ । पूरक बजेट ल्याएर भए पनि बृद्धभत्ता बढाउँछौ ।

बृद्ध भत्ता कतिले बढ्छ त्यो खुलाइएको छैन । तर बृद्ध बढाउने तयारीमा सरकार रहेको एक अधिकारीले बताए । पूरक बजेटमार्फत त्यो घोषणा हुने छ ।

यसअघि माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले बृद्धभत्ता एक हजारबाट बढाएर दुई हजार बनाउने निर्णय गरेको भनिएको थियो तर पछि सो विषयमा मन्त्रिपरिषदबाट कुनै निर्णय नभएको भन्दै कार्यान्वयन भएको छैन् ।

नियमति बजेटका ल्याउँदा सरकारले आर्थिक भार थेग्न नसकिने भन्दै बृद्ध भत्ता बढाएको थिएन । तर वामपन्थी नेतृत्वको सरकारले बद्धहरुलाई बेवास्ता गरेको भन्दै ठूलो संख्यामा जेष्ठ नागरिकहरु निरासा भएका थिए । त्यसै कुराको मनन गदैृ पूरक बजेट ल्याएरै भए पनि ओली सरकार बृद्ध भत्ता बढाउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!