दाङ–देउखुरी सेवा समाज कतारको तीज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न

कतार, भदौ २४ । “दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य एवं सुरक्षीत रोजगारको कामना” भन्ने नाराका साथ समाजले तीजको अवसरमा जिल्लामा रहेका अनाथ बालबालिका छात्रवृति कोष स्थापनाको लागि तीज विशेष कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ।

     

७ सेप्टेम्बर २०१८, शुक्रबारको दिन डल्ला एकेडेमीको सभा हलमा कार्यक्रममा संस्थाका अध्यक्ष बसन्तराज पुरीको सभापतित्व गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद गल्फ संयोजक आरके शर्माको प्रमुख अतिथि कतारमा स्थापित सामाजिक, वैचारिकलगायत विभिन्न संघसंस्थाहरु प्रमुख तथा प्रतिनिधि, महिला, समाजसेवी, बुद्दिजिबि, पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थितिहरुलाई संस्थाका उपाध्यक्ष हेमबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद गल्फ संयोजक आरके शर्माले प्रबास रहेर पनि नेपाली सास्कृतिलाई सम्झेर रमाउन पाउँदा खुशी ब्यक्त गरे । दाङ्ग जिल्ला ऐतिहासिक जिल्ला हो र प्रबासमा पनि विभिन्न समयमा महत्वपूर्ण समाज सेवाका कामहरू गर्दै आएको छ भन्दै प्रशंसा गरे।

दाङ्ग देउखुरी सेवा समाजका संस्थापक अध्यक्ष गणेश बन्जाडे, प्रमुख सल्लाहकार सुर्य सुवेदी, वरिष्ठ सल्लाहकार कमलमणि गुरागाई, अर्का वरिष्ठ सल्लाहकार अर्जुन खडका, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति सह महामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशिल मंचका पाँचौ महाधिवेशन सहसयोजक राजु डुम्रे, लोकदोहोरी प्रतिष्ठान शाखा कतारका अध्यक्ष कृष्ण बराल, लगायतले उपस्थिति एबम शुभकामना मन्तव्य राखेका थिए ।

सांस्कृतिक कार्यक्रमसहित समाजले उपस्थिति सबैलाई दरखाने कार्यक्रम पनि राखेको थियो । समाजले प्रवासमा रहेर पनि नेपाली दिदीबहिनीहरुलाई सामुहिक रुपमा भेला गरि नेपाली परम्परा अनुसार सेल रोटी खिर अचारका परिकारहरु सहित तीजको दर खुवाएको थियो।

समाजको निमन्त्रणा नेपालदेखि आएका राष्ट्रिय कलाकारद्वय अमृता लामिछाने र कामना वोलीले आ–आफ्ना फरक खालाका करिव आधा दर्जन गित प्रस्तुत गरेर दर्शक श्रोतालाई मनोरञ्जन एबम नचाएका थिए ।

त्यसैगरी स्थानीय कलाकार साजना स्वोणकार, आरधना क्षेत्री, सुदिप पाठकले नृत्य प्रस्तुत गरेका थिए भने सुदिप पुन, शान्ता थपलिया, भरत केसी, शरद पाण्डे, दिपेन्द्र सुनार ,शिव सर्गम, रामबाबु बोहराले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

हास्यकलाकार सन्तोष गिरी, स्याम भुसाल कमेडी पस्तुत लगाएत एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो संगीतक तथा नृत्य प्रस्तुति रहेको कार्यक्रममा समाजको महिला विभाग अन्तरगतका कलाकाहरु रक्षा सेन, रेखा डागी, रसिला सिंह, सम्झना गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका महासचिब लिला धर आचार्य संचालन गरेको कार्यक्रममा सास्कृतिक विभागका सह संयोजक राजन चापागाई र समाजकी महिला विभागकी सचिब मन्जु सिंह सहजीकरण गरेका थिए भने कार्यक्रम संयोजक छविलाल बुढाथोकीले कार्यक्रमकमा बिभिन्न समयमा आर्थिक भौतिक सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा सहयोगी दाताहरुलाई बिशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमका सभापति सस्थाका अध्यक्ष बसन्तराज पुरिले कार्यक्रम लाई भब्य, सभब्य, तरिकाले सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!