तीज गीत : जन्मदेखि चेलीलार्इ डरैडर !

आफ्नै संस्कार,
आफ्नै संस्कार, मौलिकताको उपहास गरेर
संघीयता ल्याएको आज बोझ भो हेर

आत्महत्या ननिम्तियोस् संघीयताकै कारण
विपन्नको अनयासै नहोस् मृत्युवरण

सरस्वती चौलागाई

भाषण र चुट्काले विकास कतै हुँदैन
भाषणले कुनै जनको घर चल्दैन

करै करले ढाँड सेक्ने विकास कस्तो आयो हैं
हत्यारालाई जेलमाफी कानून कहाँ गो खैं

हे सरकार ! यहाँ चेलीको केही इज्जत छैन की
कहिलेसम्म तिनको जीवन राख्ने बन्धकी

खै ! देशमा सु–शान्ति, विकास र रोजगार
हत्यारालाई जेलमाफी गर्छ यो सरकार

बलत्कारको निशाना नै किन पार्छन् चेलीलाई
आखिर किन दबाइन्छन् तिनका बोलीलाई

कानून बन्छ ठूलालाई लागु गर्नु पर्दैन
हत्याराको किन सरकार टुङ्गो गर्दैन ?

जन्मेदेखि चेलीलाई सँधै तनाव, डरै डर
मान्छे सबै दानव भए छैन कोहीको भर

खै ! देशमा सु–शासन, अमनचयन व्यवस्था
सुरक्षाको ग्यारेन्टी गर सरकार अबता ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!