हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयो

काठमाडौं, भदौ २४ । शनिबार विहान धादिङको मेघाम डाँडामा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएको छ ।

नुवाकोटबाट हेलिकप्टरमा पोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियो ।

गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियो।

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ को मृत्यु भएको छ। एक जना महिलाको जिवितै उद्धार गरिएको थियो। उनको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!