इमरानलाई पूर्वपत्नीको आरोप ‘सरकार कट्टरपन्थी सामु झुक्यो’

पाकिस्तान, भदौं २४ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले पाकिस्तान सरकार कट्टरपन्थीहरु सामु झुकेको आरोप लगाएकी छिन् ।

ट्वीटरमा सन्देश ट्वीट गर्दै जेमिमाले पूर्वपति नेतृत्वको सरकारले गठन गरेको आर्थिक सल्लाहकार परिषदका चर्चित अर्थशास्त्री अतिफ मियांको नाम फिर्ता लिएर कट्टरपन्थीसंग झुकेको स्पष्ट पारेकी हुन् ।

पाकिस्तान सरकारले मियां अहमदिया सम्प्रदायका भएका कारणले कट्टरपन्थीको दवावमा आएर नाम फिर्ता लिएको उनको आरोप छ ।

पाकिस्तानको संविधानमा अहमदिया सम्प्रदायलाई गैर मुस्लिम घोषित गरेको छ । इमरानसंग सन् २००४ मा सम्बन्ध विच्छेद गरेकी ४४ वर्षीया जेमिमा ब्रिटेनमा बस्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!